How to make bootable pendrive and install windows.

बूटेबल PenDrive बनाएर विन्डोज अपरेटिङग सिस्टम ईन्स्टल गर्नुहोस् /

यदि तपाईं विन्डोज ईन्टरनेट बाट डाउनलोड गर्नु हुन्छ भने प्राय तपाईंलाई त्यो .iso फरम्याटमा उपलब्ध हुन्छ । जसलाई तपाईंले सि.डि वा डि.भि.डि मा बर्न गरेर त्यस बाट आफ्नो कम्प्युटरमा अपरेटिङग सिस्टम Install गर्नु हुन्छ । सि.डि वा डि.भि.डि बनाएर कम्प्युटरमा अपरेटिङग सिस्टम Install गर्दा कहिले काही सि.डि स्क्र्याच भएर install गर्नमा समस्या आउन सक्छ अथवा install हुन धेरै ढिलो पनि हुन सक्छ । सि.डि वा डि.भि.डि को तुलनामा PenDrive बाट अपरेटिङग सिस्टम install गर्दा धेरै छिटो पनि हुन्छ ।
तपाईंले पनि कहिले काही यस्तो समस्या अबस्य पनि भोग्नु भएकै होला यस्तोमा PenDrive लाई Bootable बनाएर आफुले चाहेको अपरेटिङग सिस्टम हालेर कम्प्युटरमा install गर्न पाए त स्क्र्याचको समस्या नै आउने थिएन भन्ने त तपाईंले पनि सोच्नु नै भएको होला र धेरै साथीहरुले यस्तो Bootable Pendrive बनाएर यो काम गर्नु पनि भएको होला । तर जसलाई यस्तो Drive बनाउन आउँदैन उनिहरुको लागि तरिका तल दिन गईरहेको छु ।
यो काम गर्न तपाईंलाई चाहिने सामाग्री तथा Software हरु
१) विन्डोज अपरेटिङग सिस्टमको फाइलहरु .iso फरम्याटमा (यदि तपाईं सँग सि.डि वा डि.भि.डि मा अपरेटिङग सिस्टम छ भने त्यसलाई .iso फरम्याटमा कन्भर्ट गर्नुहोस् )
२) .iso फरम्याटमा कन्भर्ट गर्नको लागि बिभिन्न Software हरु छन जस्तै: Nero, Format Factory (Format Factory डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला)
३) तपाईंको कम्प्युटरमा Microsoft .NET Framework 4 इन्स्टल भएको हुनु पर्छ (डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला)
४) PenDrive लाई Bootable बनाउने Software “WinToBootic v1.2” (डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला)
५) कमसेकम ४ GB भन्दा माथिको PenDrive
अब कसरी आफ्नो PenDrive मा Bootable सहितको अपरेटिङग सिस्टम राख्ने भन्ने तरिका बारे जानौ ।
१) सर्वप्रथम अपरेटिङग सिस्टमको फाइलहरुलाई .iso फरम्याटमा कन्भर्ट गर्नुहोस्
२) Microsoft .NET Framework 4 डाउनलोड गरेर install गर्नुहोस् ।
३) WinToBootic v1.2 सफ्टवयर डाउनलोड गरेर चलाऊनुहोस् ।
४) PenDrive लाई USB port मा घुसाउनुहोस् ।
५) अब WinToBootic v1.2 प्रोग्राममा .iso फाइललाई Drag/Drop गर्नुहोस् ।
६) Quick Format बक्समा tick लगाउनुहोस् र Doit बटनमा क्लिक गरिदिनुहोस् ।
केही क्षणमा नै तपाईंको PenDrive Bootable सहितको अपरेटिङग सिस्टम को रुपमा तयार हुनेछ ।
Enjoy !!!

 

 

Trun your laptop in to wifi hotspot using conectify.

Share Your Laptop Internet Over WiFi Easily

तपाईंको ल्यापटपमा connect भएको ईन्टरनेट बिना कुनै software Installation गरी ल्यापटपबाट ल्यापटपकै WiFi प्रयोग गरी share कसरी गर्न सकिन्छ त ???
मानी लिनुहोस् तपाईंले आफ्नो ल्यापटपमा LAN connection जोडेर ईन्टरनेट चलाईरहनु भएको छ र तपाईं यही connection बाट WiFi प्रयोग गरी अरु ल्यापटप, Tablet अथवा मोबाईलमा पनि नेट चलाऊन चाहनु हुन्छ भने भने तपाईं के गर्नु हुन्छ ? धेरैको सोचाइ यही हुन्छ कि यो काम गर्न त wifi मोडेम नभई सम्भब छैन तर यसो हैन .. तपाईंले आफ्नो ल्यापटपकै wifi प्रयोग गरी LAN connection लाई पनि WiFi connection बनाउन सक्नु हुन्छ । एउटा तरिका त तपाईंले आफ्नो ईन्टरनेट connection ल्यापटपको ad-hoc function प्रयोग गरी WiFi सिग्नलमा परिणत गरी अरु डिभाइसहरुमा share गर्ने । यसको लागि तपाईंले आफ्नो ल्यापटपको connection option मा अरु केही setting हरु मिलाउनु पर्ने हुन्छ ।
तर यो भन्दा कुनै अरु सजिलो तरिका छ त ? अबस्य पनि छ …


ल्यापटपको कुनै पनि setting आँफैले नचलाई एउटा simple software को प्रयोग गरी तपाईंले यो काम सजिलै गर्न सक्नु हुन्छ । फ्री मा उपलब्ध mHotSpot v5.0 नामक software को माध्यम बाट तपाईंले यो काम सजिलै गर्न सक्नु हुनेछ तर यो software Windows7 ओपेरटिङ सिस्टममा मात्र काम गर्छ । त्यसैले तपाईंको OS Windows7 नै हो भने लौ बन्यो तपाईंको काम … आफ्नो ल्यापटपमा कुनै पनि ईन्टरनेट connection जोड्नुहोस् र त्यस्लाई Wifi सिग्नलमा परिवर्तन गरी मोबाईलहरुमा , Tablet हरुमा अथवा अरु ल्यापटपहरुमा सजिलै ईन्टरनेट चलाऊन तयार हुनुहोस् ………………….

Features in mHotSpot v5.0 for Windows:

 

@ Create a Wifi-Hotspot in you laptop (Currently Windows 7 only)@ No Installation required@ Fully customizable Hotspot Name@ Share any type of Internet Connection(LAN, Ethernet,3G/4G,Wifi etc)@ Extends your Wifi range(Acts as a repeater)@ In-app internet selection

@ Works for Android and other smartphone with Wi-Fi to access the created wifi network.

Instructions to Use:

@ Download zip file from direct link given below and extract “mhotspot.exe”.

@ Double click the mhotspot.exe file (may be you need to run as administrator).

@ Enter any name of your choice as Hotspot name.@ Choose a password of minimum 8 chars.@ Select your active internet connection from the drop-down list of connections.@ Click start Hotspot to start your own personal wifi hotspot.

Supported OSs: Windows 7 (Compatibilty for Windwos 8,Vista, XP will be come in mHotSpot v6.0)

Download Free mHotSpot v5.0 for Windows:

( Software डाउनलोड गर्न तलको लिन्कमा क्लिक गर्नुहोला   )

mHotSpot v5.1.zip (91KB)

 

Recover your deleted file from your Computer

डिलिट भई सकेको फाइल RECOVER गर्ने तरिका

तपाईंले गल्तिले कुनै महत्वपूर्ण फाइललाई डिलिट गर्नु भयो र त्यो फाइल RecycleBin बाट पनि डिलिट भई सक्यो भने के फेरी उक्त फाइल पाउन सकिन्छ ? अबस्य पनि, त्यसको लागि “Delete File Recovary” सफ्टवयर प्रयोग गर्नु पर्ने हुन्छ । फ्री मा डाउनलोड गर्न मिल्ने यो सफ्टवयर तपाईंलाई त्यस्तो अप्थ्यारो अवस्थामा लाभदायक सिद्द हुन सक्छ । यहाँ उक्त सफ्टवयर कसरी use गर्ने भन्ने बारे चित्र सहित instruction दिन खोजिएको छ ।( सफ्टवयर डाउनलोड गर्न यहाँ क्लिक गर्नु होला )
१ सर्बप्रथम यो सफ्टवयरलाई आफ्नो कम्प्युटरमा Instal गर्नुहोस् र यो प्रोग्राम चलाऊनुहोस् ।

२ अब Next मा क्लिक गर्नुहोस्३ तपाईंलाई के फाइल recover गर्नु पर्ने हो जस्तै : Pictures,Music,Documents,Video वा अरु त्यो छान्नुहोस् र Tick लगाउनुहोस् अनी Next मा क्लिक गर्नुहोस् ।

4. अब तपाईंको उक्त फाइल कुन location मा थियो तपाईंलाई याद छ भने त्यसको location म tick लगाउनुहोस् वा browse गरेर location दिनुहोस् , तर तपाईंलाई याद छैन भने I’m Not Sure मा tick लगाइदिनुहोस् र next मा क्लिक गर्नुहोस् ।५ Start बटनमा क्लिक गर्नुहोस् । Enable Deep Scan लाई tick नगर्नुहोस् तर normal scan बाट तपाईंको deleted फाइल भेट्टाइएन भने चाँही Enable Deep Scan मा tick लगाइ स्टार्ट बटनमा क्लिक गर्नुहोस् ।

६ एकछिन पछि त्यहा डिलिट गरी सकिएका फाइलहरु देखिन्छन । अब तपाईंको त्यो महत्वपूर्ण (Recover) गर्नु पर्ने फाइल कुन हो त्यो फाइलमा tick लगाउनुहोस् र Recover बटनमा क्लिक गर्नुहोस् l

७.  फाइललाई कहाँ save गर्ने हो Location दिनुहोस् र ओके गर्नुहोस् ।

यसरी यो सफ्टवयरको प्रयोग गरेर तपाईंले सजिलै झुक्केर delete गरेको फाइललाई फेरी recover गर्न सक्नु हुन्छ ।

 

 

Two IP in one Network Card 

Related image

 

You would need to do this in the case where you need to connect to more then one different subnet where proper routing has not been set up.
yes, but its only a private address and your providers DHCP set will not allow you to connect to the internet in that fashion. Now if you wanted to connect another computer without the use of a router you could use both NIC cards in you computer by setting up the second as your DHCP and sharing your first NIC card that is connect to the internet.

”’Windows XP”’ * Control Panel -> Network Connections -> Local Area Connection -> Properties -> Internet Protocol (TCP/IP) * Type in a static ip address * Then click Advanced * Under the “IP address” group box, click add to add more ip addresses.